जलेश्वर। महोत्तरीको बलवा नगरपालिका-६ का पाँच सय दुई परिवारलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरण गरिएको छ ।
२०७० सालमा नै नापी भई लालपुर्जा वितरण गर्न नसकिएको ती परिवारलाई आज एक कार्यक्रमबीच लालपुर्जा वितरण गरिएको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख राकेश झाले बताए।
चार पुस्तादेखि बलवा-६ का सयौं बासिन्दा आफ्नै गाउँभित्रको जग्गामा बनाइएका घरआँगनमा बस्दै आए पनि उनीहरूसँग आफ्नो घरजग्गाको लालपुर्जा थिएन। लालपुर्जा पाएपछि उनीहरू निकै हर्षित भएको प्रमुख झाले बताए।
भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय र बलवा नगरपालिकाको संयुक्त पहलमा वर्षौंदेखि लालपुर्जाविहीनलाई लालपुर्जा दिइएको बलवा नगरपालिकाका प्रमुख विनोदकुमार यादवले बताए।
रासस
" /> जलेश्वर। महोत्तरीको बलवा नगरपालिका-६ का पाँच सय दुई परिवारलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरण गरिएको छ ।२०७० सालमा नै नापी भई लालपुर्जा वितरण गर्न नसकिएको ती परिवारलाई आज एक कार्यक्रमबीच लालपुर्जा वितरण गरिएको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख राकेश झाले बताए।

">