एजेन्सी। भारतीय र चिनियाँ सेना गत साता पूर्वी हिमाली सीमाक्षेत्रमा ‘सामान्य’ झडपमा परेको भारतीय सेनाले आज जनाएको छ। यससँगै सीमा क्षेत्रको अवस्था झनै संवेदनशील भएको जनाइएको छ।
चीनले सोमबार दुवै पक्ष यस किसिमका तनावलाई बढावा दिने गतिविधिबाट पन्छिनुपर्ने जनाएको छ।
भारत र चीनबीच गत अप्रिलमा पश्चिमी हिमाली क्षेत्रमा यस्तै किसिमको तनाव भएको थियो। दुवै राष्ट्रबीचको तीन हजार आठ सय किलोमिटर लामो सीमा क्षेत्रका सुरक्षा बललाई सतर्क रहन जनाइएको छ।
“गत २० जनवरी २०२१ का दिन उत्तरी सिक्किमको नकु ला क्षेत्रमा सामान्य झडप भएको थियो र त्यसलाई स्थानीय कमान्डरले प्रोटोकलबमोजिम सुल्झाएको छ,” भारतीय सेनाले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।
नकु लाले भारतको सिक्किम राज्यलाई चीनको तिब्बती क्षेत्रसँग जोड्दछ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले यस विषयमा थप टिप्पणी नदिई भारतलाई संयमित रहन आग्रह गरेको छ।
" /> एजेन्सी। भारतीय र चिनियाँ सेना गत साता पूर्वी हिमाली सीमाक्षेत्रमा ‘सामान्य’ झडपमा परेको भारतीय सेनाले आज जनाएको छ। यससँगै सीमा क्षेत्रको अवस्था झनै संवेदनशील भएको जनाइएको छ।चीनले सोमबार दुवै पक्ष यस किसिमका तनावलाई बढावा दिने गतिविधिबाट पन्छिनुपर्ने जनाएको छ।

">