झापा। बिर्तामोड नगरपालिका-४ भद्रपुर सडक छेउबाट करिब १२ ग्राम ५ सय ७० मिलीग्राम लागूऔषध ब्राउन सुगरसहित झापा गाउँपालिका-५ शरनामती बस्ने ३० वर्षीय मिलन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-९ मगर चोकस्थित सडकबाट करिब एक किलो दुई सय ग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित बुद्धशान्ति गाउँपालिका-१ बस्ने ५३ वर्षीय लक्ष्मी प्रसाद खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरीले मे.६ प २४३९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा लुकाई राखेको उक्त पदार्थ सहित स्कुटर चालक खतिवडालाई पक्राउ गरेको हो ।
" /> झापा। बिर्तामोड नगरपालिका-४ भद्रपुर सडक छेउबाट करिब १२ ग्राम ५ सय ७० मिलीग्राम लागूऔषध ब्राउन सुगरसहित झापा गाउँपालिका-५ शरनामती बस्ने ३० वर्षीय मिलन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यसैगरी झापा, अर्जुनधारा नगरपालिका-९ मगर चोकस्थित सडकबाट करिब एक किलो दुई सय ग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित बुद्धशान्ति गाउँपालिका-१ बस्ने ५३ वर्षीय लक्ष्मी प्रसाद खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।

">