झापा। बहुबिवाह र सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-११ बस्ने ३१ वर्षीय बाबुल राजबंशी र दमक नगरपालिका-१ बस्ने ३२ वर्षीय सन्तोष रामदान रहेका छन् ।
बाबुललाई जिल्ला अदालत झापाको २०६८ फागुन २८ गतेको फैसलाले बहुविवाह मुद्दामा एक वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय भएको थियो । यसैगरी सन्तोषलाई जिल्ला अदालत खोटाङको २०७१ मंसिर २३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १३ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय भएको थियो ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
" /> झापा। बहुबिवाह र सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-११ बस्ने ३१ वर्षीय बाबुल राजबंशी र दमक नगरपालिका-१ बस्ने ३२ वर्षीय सन्तोष रामदान रहेका छन् ।बाबुललाई जिल्ला अदालत झापाको २०६८ फागुन २८ गतेको फैसलाले बहुविवाह मुद्दामा एक वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय भएको थियो । यसैगरी सन्तोषलाई जिल्ला अदालत खोटाङको २०७१ मंसिर २३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १३ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय भएको थियो ।

">