चोरीका सामानसहित पक्राउ
<p>कास्की। चोरी गरेको विभिन्‍न समानसहित पोखरा महानगरपालिका-२६ बिजयपुर बस्ने पर्वत कुश्मा नगरपालिका-११ घर भएका २६ वर्षीय किशोर शर्मालाई प्रहरीले पक्राउ गरेको छ । <br />
<br />
पोखरा महानगरपालिका-५ धारापानी मार्ग डेरा गरी बस्ने गीता भुजेलको कोठाबाट माघ ६ गते दिउँसो औठी, सिक्री, मंगलशुत्र लगायत बिभिन्‍न गहना चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले शर्मालाई पक्राउ गरेको हो । </p>
<p>शर्माको साथबाट सुनको ३ थान तिलहरी, २ थान मंगलशुत्र, औंठी, सिक्री, मुन्द्रा, ग.१३ प ३७४७ नम्बरको स्कुटर, फलामको रड, कम्पास जस्तो देखिने फलामको टुक्रा र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
