काठमाडौं। गत वर्ष पुषको अन्तिममा शैक्षिक शत्रको तेस्रो त्रैमासिक परीक्षा भइसकेको थियो। कोरोना महामारी सुरू भएका कारण चैत पहिलो साता नै सम्पूर्ण परीक्षा समेत सम्पन्न भएका थिए। तर, यो वर्ष भने शैक्षिक सत्र नै कहिले टुंगिने भन्ने अन्योल छ।
यतिमात्र नभएर यो वर्षको शैक्षिक सत्र अन्त्य भएर अर्को वर्षको शैक्षिक शत्र वैशाखबाट नै हुन्छ वा कहिले हुन्छ त्यो पनि अन्योल नै छ। शिक्षा मन्त्रालयले भने यस विषयमा अझै पनि छलफल नै गरिरहेको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिक सत्रका विषयमा अहिलेसम्म कुनै टुंगो नलागेको जानकारी दिए।
“हामी छलफलमै छौं। अहिले नै केही निर्णय हुन सकेको छैन्। आगमी जेठसम्म नै यो शैक्षिक सत्रलाई लैजाने विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरिएको छ। अहिलेसम्म कुनै निर्णय भईसकेको छैन्”, प्रवक्ता शर्माले भने।
चालू शैक्षिक सत्र समेत कसरी पूरा हुन्छ भन्ने विषयमा सबै अन्योल छन्। यसमा सबैको थरी थरीको धारणा आउने गरेको छ। अभिभावकहरूले चैतमा नै शैक्षिक सत्र सकाउनुपर्ने बताइरहेका छन्। विद्यालयहरू भने के गर्ने भन्नेमा सरकारको निर्णय कुरेर बसेको देखिन्छ।
सरोकारवाला निकायसँगको लामो छलफलपछि शैक्षिक सत्रलाई आगमी जेठसम्म लम्ब्याउन सकिने विकल्पससहितको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरिएको प्रवक्ता शर्माले बताए।
मन्त्रिपरिषदमा विचाराधीन प्रस्तावमा माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालनको विकल्पसमेत समावेस भएको उनको भनाइ छ।
मन्त्रालयले त्यसको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिनेगरी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको उनले बताए। मन्त्रिपरिषद्बाट कुनै निर्णय नहुँदा चालू शैक्षिक सत्र कहिलेसम्म हुन्छ र नयाँ शैक्षिक सत्र कहिलेबाट लागू हुने भन्ने यकिन गर्न नसकिने बताए।
मन्त्रालयले पेस गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेमा आगामी शैक्षिक सत्र १० महिनाको मात्र हुनेछ। शैक्षिक सत्रका विषयमा अन्योलता कायमै रहँदा झण्डै ७० लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ। अभिभावक तथा शिक्षक संगठनहरूले भने यो विषयमा तत्काल टुंगो लगाउन सरकारसँग माग गर्दै आएका छन्।
प्याब्सनका महासचिव कुमार घिमिरेले शैक्षिक सत्रबारेको अन्योलताले विद्यार्थी र शिक्षक तथा विद्यालय मारमा परेको बताए।
“यो शैक्षिक सत्र यो महिनामा टुंगिनेछ। त्यो अवधिभित्र यो-यो काम गर्नु भनेर शैक्षिक सत्रको टुंगो लगाउनुपर्नेमा अझै केही भएको छैन। हामीले कसरी अगाडि बढ्ने र विद्यार्थीलाई पढाउने?” उनले प्रश्न गरे।