लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशनले संघको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ।
संघको विशेष महाधिवेशनको दोस्रो दिन आइतबार कोषाध्यक्ष महेशकुमार श्रेष्ठद्वारा प्रस्तुत आर्थिक वर्ष ७४ र ७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको हो।
महाधिवेशनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले संघभित्रको आर्थिक प्रशासनलाई अनुसाशित र पारदर्शी बनाइएको बताए। उनले संस्थाभित्र आर्थिक परिचालनमा भएका कमीकमजोरीलाई हटाउन काठमाडाैंस्थित सचिवालयमा हुने लापरवाहीमा कडाइ गरिएको बताए।
आर्थिक प्रतिवेदन पेस गर्दै श्रेष्ठले संस्थाको आर्थिक व्यवस्थापनलाई चुस्त बनाउनको लागि आर्थिक तथा कर्मचारी नियमावली, लेखापरीक्षण, वार्षिक बजेट तर्जुमा लगायत सुधारका काम थालिएको बताए।
उनले कोरोना भाइरसको प्रभावका कारण अनुमानित वार्षिक बजेटभन्दा कम खर्च भएको बताउँदै गत वर्षको अनुमानित बजेटबाट जम्मा २९ प्रतिशत बजेट मात्र खर्च भएको जानकारी दिए।
" /> लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशनले संघको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ।संघको विशेष महाधिवेशनको दोस्रो दिन आइतबार कोषाध्यक्ष महेशकुमार श्रेष्ठद्वारा प्रस्तुत आर्थिक वर्ष ७४ र ७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको हो।

">