भीरबाट लडेर वडा सदस्यको मृत्यु

काठमाडौं। भीरबाट लडेर साकेला गाउँपालिका–२ का वडा सदस्य रत्‍नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भीरबाट लडेर वडा सदस्य फुयाँलको मृत्यु भएको हो।

करीब ३०० मिटर तल खसेका वडा सदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष उन्‍नत राईले बताए। धामीझाँक्रीको कामसमेत गर्दै आएका फुयाँल शनिबार साँझ धामी कामकै लागि मबु जानेक्रममा भीरबाट लडेको वडाध्यक्ष राईले बताए।

फुयाँल विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा विजयी भएका थिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्