काठमाडौं । कास्की, पोखरा महानगरपालिका-५ जिरो किलोबाट ४ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१ बगर बस्ने कपिलवस्तु बिजयनगर गाउँपालिका-१ घर भएका २२ वर्षीय अर्जुन घर्तीमगर र स्याङ्जा पुतलीबजार नगरपालिका-१४ घर भएका २२ वर्षीय सफल ढकाल रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-९ तुमनाडीबाट आठ ग्राम खैरो हेरोईन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-१० सुकासाल बस्ने ३५ वर्षीय बिनोद चन्द र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय सुवाश लुहार रहेका छन् ।
लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सीमा प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई प्लाष्टिकभित्र लुकाई राखेको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
" /> काठमाडौं । कास्की, पोखरा महानगरपालिका-५ जिरो किलोबाट ४ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१ बगर बस्ने कपिलवस्तु बिजयनगर गाउँपालिका-१ घर भएका २२ वर्षीय अर्जुन घर्तीमगर र स्याङ्जा पुतलीबजार नगरपालिका-१४ घर भएका २२ वर्षीय सफल ढकाल रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

">