कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
<p>दाङ । तुलसीपुर उपमहानगरपालिका-६ मोतिपुर बस्‍ने ४८ वर्षीया आईती बुढाथोकीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । </p>
<p>भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको उपचारार्थ लखनउमा शुक्रबार राति मृत्यु भएको हो । उनको मृत्यु भएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने भगवती बुढाथोकीलाई नियन्‍त्रणमा लिएको हो । <br />
</p>
प्रतिक्रिया दिनुहोस्
