काठमाडौं। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप नौ जना नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता बेलायतमा चार जना, कुवेतमा तीन जना, पोर्चुगलमा एक जना र मलेसियामा एक जनाको मृत्यु भएको हो।
योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या तीन सय २७ पुगेको छ। विश्वका विभिन्न २० देशमा कोरोनाका कारण नेपालीको मृत्यु भएको छ ।
संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ।
संक्रमितमध्ये ५३ हजार चार सय ३२ जना कोरोना मुक्त भएका छन्। कुल संक्रमितको ९५ प्रतिशत निको भइसकेका छन्।
यो साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार नौ सय ९४ जनाको मृत्य भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६९ हजार एक सय ८० जना रहेको छ। तीमध्ये दुई लाख ६३ हजार ७ सय ३४ जना अर्थात ९७.५ प्रतिशत कोरोना मुक्त भइसकेका छन्।
एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा दुई हजार विदेशमा रहेका नेपालीहरु संक्रमित हुने गरेको जनाएको छ।
सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिए। एक महिनाको अवधिमा औसतमा चार हजार जना नेपाली संक्रमणमुक्त हुने गरेको सापकोटाले बताए।