पहाडी क्षेत्रमा आंशिक बदली भइ हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आज देशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ भने देशका बाँकी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा मौसम बदलीको सम्भावना छ । सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी आज राति पनि पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्