सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीमा श्रीमानले श्रीमतीलाई बन्चरो प्रहार गर्दा महिलाको मृत्यु भएको छ । चिसापानी बस्ने ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीले दिएको जानकारीअनुसार शुक्रबार राति शेरबहादुरले रमामायालाई बन्चरोको पासोले टाउकोमा हिर्काएका थिए ।
श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी रमामायालाई उपचारका लागि जिल्ला अस्पताल हेटौडा मकवानपुर लगिएको थियो । उनको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बन्चरो प्रहार गर्ने भुजेल घटनापछि फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रासस
" /> सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीमा श्रीमानले श्रीमतीलाई बन्चरो प्रहार गर्दा महिलाको मृत्यु भएको छ । चिसापानी बस्ने ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीले दिएको जानकारीअनुसार शुक्रबार राति शेरबहादुरले रमामायालाई बन्चरोको पासोले टाउकोमा हिर्काएका थिए ।

">