असाध्यै राम्री रिसेप्सनिस्ट लिएर आए प्रिन्सिपलले स्कुलमा। ज्ञान ठूलो भन्ने त तर्कमात्रै हो, आज पनि सुन्दरताले कज्याएकै छ दुनियाँलाई। नत्र सरस्वतीको मन्दिर स्कुलमा राम्री केटी नै किन आवश्यक पर्यो! फेरि सोच्छु, उसले राम्री हुन पनि नपाओस्? मैले डाहा गरेर भो? ऊ मलाई हेरेर मुसुक्क हाँस्थी। विस्तारै-विस्तारै हाम्रो मित्रता घनिष्ट पो हुँदै गयो।
क्यान्टिनमा खाजा खाने बेला जहिल्यै म एक्लै हुन्थेँ। सर र म्याडमहरुको गुट थियो। त्यो गुटमा म अटाउँदैनथेँ। आ-आफ्ना लोग्नेस्वास्नीको कुरा काटेर बस्थे। बिहे गरेको यत्तिका वर्ष भयो, तर रोमान्स शून्य छ। रोमान्स पनि कला हो, यसमा सिर्जनशील हुनुपर्छ भन्ने केही थाहा छैन। बाउआमाले कस्तो गवाँर छानेर बिहे गरिदिए। माया छ, तर रङ न ढङ, केही छैन। यस्तो गुनासो लोग्ने मान्छेको हुँदो रहेछ।
आइमाईको कुरा अर्कै छ। आइमाईको पनि मन हुन्छ, इच्छा हुन्छ, बेला हुन्छ, कति समय भन्ने हुन्छ केही मतलब नराख्ने। बस् आफूलाई मन लाग्न पर्यो सक्कियो! छ्वास्स छोएको भरमा बच्चा पाइदिहाल्नुपर्ने! नत्र नामर्दीेको उपमा पाउनुपर्ने, उपाय पनि बाँकी केही नहुने।
आफूलाई पीडित देखाएर सहानुभुति लिएर लभ गर्ने पनि ठूलो कला रहेछ। १६-१७ वर्षको उमेरमा बिग्रने सम्भावना बढी हुन्छ भनेर त्यस्सै भनेका रहेछन्। मान्छे त ३५ देखि ५० सम्मका बढी बिग्रने रहेछन्।
तर, मेरो खुसी धेरै दिन टिकेन। ऊ केही दिनदेखि खाजा खाने बेला हराउने गर्न थाली। ऊ मलाई केही नभनी निस्कन्थी। म फेरि क्यान्टिनमा खाजा खाने बेला एक्लै हुन थालेँ। एकदिन मलाई रिस उठ्यो र सोधेँ- ‘तिमी कहाँ जान्छ्यौ खाजा खाने बेला? म कुरेको कुर्यै हुन्छु।’
तर, मैले अचेल साथी पाएको थिएँ। ऊ मलाई माया गरेर सोध्थी- ‘दिदी साँच्चै हजुरले भने जस्तै हाम्रो स्कुलमा काठमाडौंभरिमै सबैभन्दा राम्रो पढाइ हुन्छ हो?’
म उसको कुरा सुनेर हाँस्थेँ। म यो स्कुलको काउन्सिलर, मेरो कामै अरु सबै स्कुल नराम्रो, हाम्रो राम्रो भन्नुपर्ने। जागिर खाएसी बोल्न परेन?
फेरि ऊ सोध्थी- ‘बिहानदेखि बेलुकासम्म यस्तो झुटो बोलेर थाक्नुहुन्न?’
खुलामञ्चमा नेताहरु भट्याउँछन्, विद्यालयमा शिक्षक भट्याउँछन्, खलाँसी भट्याउँछन्, साग बेच्ने, जुत्ता-लत्ताकपडा बेच्ने लगभग सबै भट्याउँछन्। मान्छेलाई एकथोक-एकथोक नभट्याई सुख छैन। हामी यस्तै कुरा गथ्र्यौं। खुबै हाँस्थ्यौं। छोटो समयमै सुख-दुःख साट्ने साथी भएका थियौं।

उसले सानो स्वरमा भनी- ‘प्रिन्सिपल सरले दरबारमार्ग खाजा खान लैजानुहुन्छ। डिल्लीबजारको पिपलबोटनिर गएर बस है भन्नुहुन्छ। सर पछि गाडी लिएर आउनुहुन्छ।’
ए बरै! कुरा यस्तो पो।
त्यो बेलादेखि उसका कुरा सुन्नुपर्ने भयो। ऊ प्रत्येक दिन सरले यस्तोउस्तो गिफ्ट किन्दिनुभयो भन्थी। फिल्मको हिरोइनले जस्तो ऊ स्कुलमा पनि दिनकै नयाँ र महँगा लुगा लगाएर आउँथी। म राम्रो लुगा लगाएर आको सरलाई मनपर्छ रे भन्थी। एकदिन उसले हातको आैंठी देखाउँदै भनी- ‘सरले किन्दिनु भएको डायमण्ड।’
डायमन्ड नै पो हो?
हो नि, हेर्दा स्यानो तर दुई लाख पर्यो।
बाफ् रे! हाम्रोतिर दुई लाखमा पाँच कट्ठा खेत नै आउँछ।
अनि के, पाँच कट्ठा खेत लगाएर हिँड्न मिल्छ र? ऊ मलाई हेपेर बोल्न थाली।
पहिले-पहिले ऊ दिनको दुई घण्टा हराउँथी। यसपालि स्कुल नआएको धेरै दिन भएको थियो। के भो र स्कुल नआए पनि प्रिन्सिपलकी प्यारी उनको तलब पाकिहाल्छ। १५ दिनमा अझ धेरै खुसी र चमकता अनुहारमा लिएर आई। सँगै मलाई टिसर्ट र चकलेट पनि ल्याइदिएकी थिई।
स्कुलमा तलब समयमा आउन छोड्यो। पाँच मिनेट ढिला आएको निहुँमा तलब काटिन थाल्यो। आकस्मिक छुट्टीको पैसा काटिन थाल्यो। यो वर्षदेखि दसैं भत्ता काटियो। सरकारी जागिर हो र भत्ता दिनलाई भन्न थाल्यो प्रिन्सिपल। अब बोर्डिङ स्कुलको कमाइले डायमन्ड किन्न थालेसी कर्मचारीलाई त्यसको असर पर्ने नै भयो।
पहिले-पहिले ऊ दिनको दुई घण्टा हराउँथी। यसपालि स्कुल नआएको धेरै दिन भएको थियो। के भो र स्कुल नआए पनि प्रिन्सिपलकी प्यारी उनको तलब पाकिहाल्छ।
१५ दिनमा अझ धेरै खुसी र चमकता अनुहारमा लिएर आई। सँगै मलाई टिसर्ट र चकलेट पनि ल्याइदिएकी थिई।
आबी! आज के हो र? मेरो जन्मदिन होइन।
म माल्दिभ्स घुमेर आएको, सरसँग। त्यति टाढा पुगेर तपार्इंलाई गिफ्ट ल्याइदिन परेन त!
विदेश नै पो?
हो त कस्तो रमाइलो भयो।
अब विदेश नै घुम्न गएपछि रमाइलो हुने नै भयो।
एकदिन म्याम (प्रिन्सिपलको पत्नी) ले मलाई फोन गर्नुभयो र भेट्न बोलाउनुभयो। म अचम्ममा परेँ। हुन तः म्याम कहिलेकाहीँ स्कुल आउदाँ मलाई कलम, डायरी त कहिले चकलेट ल्याइदिनुहुन्थ्यो। छुट्टै माया गर्नुहुन्थ्यो अरुलाई भन्दा। शनिबारको दिन बिदा पारेर म्यामलाई भेट्न गएँ।
स्कुल मात्रै होइन, प्रिन्सिपलको घर पनि धराशायी हुँदै गएछ। म्यामले सरमाथि शंका गर्र्नुभएको रहेछ। मलाई सोध्नुभयो, सरको कोसँग चक्कर चलेको छ भनेर। अब मलाई थाहा छ भन्दैमा आफ्नै प्रिन्सिपलको पोल खोलांै त बल्लबल्ल पाएको जागिर सिद्दिन्छ। मैले आफूलाई यसबारैमा केही थाहा नभएको बताएँ। तर, म्यामले मलाई इमोसनल ब्ल्याकमेल गर्न थाल्नुभयो।
म तिम्रो दिदी जस्तो मान्छे। तिम्रो दिदीमाथि यस्तो भएको भए तिमी चुप लाग्थ्यौ? मेरो १० वर्षकी छोरी छ, अब यो उमेरमा मेरो घर बिग्रेर ध्वस्त भएको छ। कहाँबाट सुरु गरौं, म के गरौं? म कसलाई भनौं आफ्नो लोग्ने बिग्रिएको र सिद्दिएको कुरा?
म म्यामको कुराले पग्लिएँ। छोरीको कसम खुवाउँदै रिसेप्सनिस्ट र सरबीचको कुरा सुनाइदिएँ। म्यामले पनि त्यही शंका गर्नुभएको रहेछ।
कुनै पनि कुराको अन्त्य गर्न सुरु गर्नु त पर्यो। म्यामले सरसँग रिसेप्सनिस्टसँगको सम्बन्ध के हो भनेर सोध्नुभएछ। तर, सरसँग कुनै डर, भय, ग्लानि थिएन रे। एकदिन थाहा हुने कुरा थियो, आजै भयो राम्रो भयो भन्नु भएछ। अब दुईजना एक-अर्काबिना बाँच्न नसक्ने कुरा गर्नुभएछ। दुईजनालाई मिलाएर माया गरेर राख्ने कुरा गर्नुभएछ। आफ्नै बूढोलाई सम्झाएर नसकेपछि म्यामले केटीसँग कुरा गर्नुभएछ। केटीको तर्फबाट पनि सरबिना बाँच्न नसक्ने कुरा आएछ।
आफूले नसकेपछि म्यामले घरपरिवार, माइती बटुल्नु भएछ। झन् सबैको अगाडि त त्यो केटीलाई बिहे गर्न नपाए, आत्महत्या गर्छु भनेर सरले धम्क्याउन थाल्नु भएछ। सिन्दुरपोते लगाए नि सौता आएसी म राँडी हुन्छु, बरु तिमी आत्महत्या नै गर तिमी मरेसी म पक्काको राँडी (एकल महिला) हुन्छु। कमसेकम यो समाजले लोग्ने सम्हाल्न नसकेकी भन्नुभन्दा भाग्य नभकी रैछ भन्छ नि। मलाई सान्त्वना दिन्छ नि। म्यामले यस्तो कुरा गर्नु भएछ।
लामो समयपछि, म्यामले मलाई फोन गर्नुभयो। केटीले अमेरिकाको पीआर भएको केटोसँग बिहे गरेर हिँडिछ। केही समय सर निकै रन्थनिनु भएछ। त्यो केटीलाई जहाँ भेट्यो त्यहीँ काट्छु भन्नुहुन्थ्यो रे! पछि म्यामसँग माफी माग्नुभएछ सरले। म्यामलाई माफी नदिई सुखै थिएन।
घरमा रातदिन झगडा, कलह सुरु भयो। टन्न पैसा कमाएर दिँदा टाउकोमा टेक्ने लौ खा अब ठूलो भाग भन्दै सरले बोर्डिङ स्कुल बेचिदिनु भएछ। खासमा उहाँ ऋणमा चुर्लुम्म डुबेर बेच्नुभएको थियो। स्कुल बेचेर पनि ऋण तिर्न नसकेपछि घर बेचेर भाडाको घरमा सर्नु भएछ। म्यामले फोन गरेर आफूहरु सिद्दिएको, लोग्नेको बाहिरी प्रेमले सडकमा ल्याएको कुरा गरेर रुनुहुन्थ्यो।
सरले स्कुल बेचेपछि हामी सबैको जागिर गयो। खासमा स्कुल बेच्ने र किन्नेबीच राजनीतिक विचार नमिलेका कारण सबैको जागिर गएको रहेछ। सरकार परिवर्तन भएपछि मन्त्रिपरिषद्मा नयाँ नै आउने भए।
प्रिन्सिपलको लभले क्षणभरमै बेरोजगार भइयो। अब यो मार्कसिट बोकेर जागिरको लागि कहाँ-कहाँ भौंतारिनुपर्ने हो ठेगान छैन। फेरि, मलाई झल्याँस्स ती आ-आफ्नो लोग्नेस्वास्नीको कुरा काटेर जोडीमा बाँधिएका सर र म्याडमहरुको याद आयो। अब तिनीहरुले पो एउटै बोर्डिङ स्कुलमा जागिर पाउलान् कि नाइँ!

तर बैनी, एउटै ओछ्यानमा एक-अर्काको अँगालोमा बाँधिए पनि पहिले जस्तो आत्मीयता छैन, समर्पण छैन मेरो। मन खिन्न हुन्छ। यति माया गर्दा पनि यो लोग्नेले मलाई कम्ता रुवाएन। एकचोटि बिग्रेको सम्बन्ध पहिले जस्तो नहुने रहेछ। हामी काठमाडौं बस्न नसकेर, गाउँ फर्कियाैं। अहिले यतै खेतीपाती गरेर बसेका छाैं। यहीँ एउटा छोरी र माइतीको इज्जतमा बाँधिएकी छु। म्यामले यस्तै सुनाउनुभयो।
एकदिन म फेसबुक चलाउँदै थिएँ। मेरो आँखा ‘आर यु लुकिङ फर क्वालिटी एपल? इफ एस, देन प्लिज रिमेम्बर अस!!’ लेख्ने मान्छेतिर गयो। स्याउ बेच्ने मान्छे को हो? कहाँ-कहाँ देखेजस्तो, चिनेजस्तो। हाम्रै नाता पर्ने जस्तो लाग्यो। यसै क्रममा धेरै जनालाई सम्झेँ, तर ठ्याक्कै चिन्न मलाई लामो समय लाग्यो। ओहो! मेरो प्रिन्सिपल सर फेसबुकमा स्याउ बेच्दै??? बोर्डिङ स्कुलको प्रिन्सिपल पो हो त, प्रिन्सिपलले जे बेचे पनि इङलिसममै बेच्छ नि!