लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष महाधिवेशन डाकिएको हो ।
विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलोपटक अधिवेशन भर्चुअल (जुम) मार्फत् गर्ने तयारी भएको छ । शनिबार बिहानदेखि दुई दिनसम्म चल्ने अधिवशेनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ । अधिवेशनलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, संस्थापक रामप्रताप थापा लगायतले संबोधन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनमा ५० भन्दा बढी देशका दुई हजार ६ सय जना प्रतिनिधि सहभागी हुने संघले जनाएको छ । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठकाअनुसार अधिवेशनमा सन् २०१९ को अक्टोवरमा सम्पन्न ९औं महाधिवेशनमा पारित हुन नसेको आर्थिक प्रतिवेदन पुनः प्रस्तुत गर्ने तयारी रहेको छ । महाधिवेशनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।
गैरआवासीय नेपाली संघको पुनर्संरचना लागि महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेश हुने भएको छ । संघको अभियानमा दीर्घकालीन असर पर्ने महत्वपूर्ण विषयमा विधान संशोधन गर्नुअघि व्यापक छलफल र सहभागिताको माग गर्दै देखिएका अन्तुष्टिहरूलाई समेटेर सर्वसम्मत र साझा विधान संशोधनको प्रस्ताव पेश हुने संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।
यसअघि संघले पूर्वप्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा १७ सदस्सीय विधान संशोधन सुझाव समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसलाई आधार बनाएर संघले विधान संशोधनको साझा प्रस्ताव तयार गरेको हो ।
यसअघि परराष्ट्र मन्त्रालयले भर्चुअलमाध्यमबाट विशेष महाधिवेशन गर्नको लागि स्वीकृति दिएको थियो । संघले संस्थागत संरचना, एनआरएनए फाउन्डेशन, सदस्यता शुल्क, विज्ञको सहभागिता, राष्ट्रिय महाधिवेशनलगायतका विषयमा विधान संशोधनको तयारी गरेको छ ।
" /> लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष महाधिवेशन डाकिएको हो ।विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलोपटक अधिवेशन भर्चुअल (जुम) मार्फत् गर्ने तयारी भएको छ । शनिबार बिहानदेखि दुई दिनसम्म चल्ने अधिवशेनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ । अधिवेशनलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, संस्थापक रामप्रताप थापा लगायतले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

">