प्रतिबन्धित जडीबुटी पाँचऔंलेसहित पक्राउ
<p>काठमाडौं । काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट ७ केजी प्रतिबन्धित वन पैदावार पाँचऔंले जडिबुटीसहित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-२ बस्‍ने ३१ वर्षीय सागर दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । </p>
<p>प्रतिबन्धित वन पैदावर जडिबुटी अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्‍ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । </p>
<p>दाहाललाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौ पठाइएको प्रहरीले बताएको छ । </p>
प्रतिक्रिया दिनुहोस्
