काठमाडौं। मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेेमा विप्लव समूहका मोरङ इन्चार्ज डीबी सिलवाल भनिने ३२ वर्षीय धनबहादुर विक रहेको प्रहरीले जनाएको छ ।
विकलाई बुढीगंगा गाउँपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।
५४ वर्षीय शिक्षक श्रेष्ठको गत मंसिर २३ गते बिहान हत्या भएको थियो । उनको हत्यामा ६ जना संलग्न रहेको प्रहरी अनुसन्धाबाट खुलेको छ । शिक्षक श्रेष्ठलाई घरबाट लिएर जाने टोलीको अगुवाई विकले गरेका थिए ।
हत्यामा संलग्न अन्य पाँच जना भने अझै फरार रहेको एसपी खड्काले बताए । पक्राउ परेका विकको साथबाट एक थान अटोमेटिक पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली समेत बरामद गरेको छ ।
त्यस्तै चारवटा मोबाइल फोन र ११ वटा सिमकार्ड पनि फेला परेको थियो । गत मंसिर २३ गते घरबाटै अपहरणमा परेका शिक्षकको घरबाट केही परको जंगलमा हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो ।
हत्यापछि त्यो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सुरक्षा प्रदान गरिरहेको छ । घटनापछि विप्लव समूहले प्रतिकारको क्रममा ज्यान गएको दाबीसहित विज्ञप्ती जारी गरेको थियो ।
" /> काठमाडौं। मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेेमा विप्लव समूहका मोरङ इन्चार्ज डीबी सिलवाल भनिने ३२ वर्षीय धनबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

">