काठमाडौं। कपिलवस्तुको कपिलवस्तु नगरपालिका–७ मा ट्याक्टरमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कपिलवस्तुकै बुद्धभूमि नगरपालिका–१० का ३८ वर्षीय प्रल्हाद अहिर रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलीहवामा मृत्यु भएको हो । घाइते भएकी २७ वर्षीया रिता अहिरको सोही अस्पतालमै उपचार भइरहेको छ ।
नम्बर नखुलेको ट्याक्टरमा लु २२ प २३५८ नम्बरको मोटरसाइकल ठोकिदा सो दुर्घटना भएको थियो ।
शंकास्पद लु ४ त ५०९६ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।
" /> काठमाडौं। कपिलवस्तुको कपिलवस्तु नगरपालिका–७ मा ट्याक्टरमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा मोटरसाइकल चालक कपिलवस्तुकै बुद्धभूमि नगरपालिका–१० का ३८ वर्षीय प्रल्हाद अहिर रहेका छन् ।

">">