काठमाडाैं। संयुक्त राष्ट्र संघको 'दी यूनाइटेड नेसन्स डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स (यूएनडीओएफ) अन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरुले मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मन क्षेत्रमा खटिएका छन्। नेपाली सेनाले २० फिटको हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको चिसोमा पनि आफ्नो जिम्मेवारी डटेर कुशलतापूर्वक निर्वाह गरिरहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
त्यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकोले यहाँ शान्ति सैनिकहरु तैनाथ गरिएका छन्। विश्वको सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठूलो संख्यामा विद्युतीय धरापहरु छन् भने द्वन्द्वरत सशस्त्र समूहहरुको चलखेल पनि बढी नै हुने गर्दछ।
"करिब ६ महिना हिमपात हुने उक्त गोलान क्षेत्रमा खटिने अधिकांश फौजहरु मुस्ताङ जिल्लाको कैसाङस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकलासम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भूगोलमा काम गर्न दक्षता प्राप्त गरेका हुन्छन्," नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, "सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको उक्त इलाकामा हिँउमा प्रयोग गरिने विशेष किसिमको सवारीसाधनहरु पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारबाहीहरु सञ्चालन गरिन्छ।"
नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त राष्ट्रहरुमा तैनाथ भई देखाएको बहादुरी, पेसागत दक्षता र सफल सैनिक कारवाहीको परिणाम स्वरुप सिरिया स्थित यूएनडीओएफ मिसनको फोर्स कमाण्डरजस्तो उच्च ओहोदाको नियुक्तिमा नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापा, अवकाश प्राप्त रथी बालानन्द शर्मा र अवकाश प्राप्त उपरथी शिवराम खरेल नियुक्ति भई आफ्नो कार्यभार पूरा गरिसकेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। हाल रथी ईश्वर हमाल सोही हैसियतमा कार्यरत रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडाैं। संयुक्त राष्ट्र संघको 'दी यूनाइटेड नेसन्स डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स (यूएनडीओएफ) अन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरुले मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मन क्षेत्रमा खटिएका छन्। नेपाली सेनाले २० फिटको हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको चिसोमा पनि आफ्नो जिम्मेवारी डटेर कुशलतापूर्वक निर्वाह गरिरहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।त्यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकोले यहाँ शान्ति सैनिकहरु तैनाथ गरिएका छन्। विश्वको सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठूलो संख्यामा विद्युतीय धरापहरु छन् भने द्वन्द्वरत सशस्त्र समूहहरुको चलखेल पनि बढी नै हुने गर्दछ।

">