काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।
शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसको आधारमा प्रा.डा. थापालाई उपकुलपति नियुक्त गरिएको हो ।
काठमाडौँ विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका प्रा.डा. थापाले नौ वर्ष डीन र पाँच वर्ष रजिस्ट्रारका रूपमा पनि सेवारत थिए ।
मेकानिकल इन्जिनियरिङमा विज्ञता भएका उपकुलपति प्रा.डा. थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि गरेका थिए ।
कुलपति नियुक्ति भएपछि विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई भेट गर्न उनी मन्त्रालयले पुगेका छन् । सो क्रममा उनले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफू लागि पर्ने बताए ।
उनले हाल देखिएका समस्या समाधान गर्न आफू हरसम्भव लागि पर्ने बताउँदै यसको लागि पुर्वउपकुलपति, प्राध्यापक संघ लगायतसँग सहकार्य गरी अघि बढ्ने जनाए ।
उपकुलपति छनोट गर्न गठित समितिले प्रा.डा. थापालगायत डा. रामकण्ठ माकजू र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।
सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहेका थिए । समितिसमक्ष ४४ जनाले उपकुलपतिका लागि आवेदन दिएका थिए ।
" /> काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसको आधारमा प्रा.डा. थापालाई उपकुलपति नियुक्त गरिएको हो ।

">