के अवनिको ‘बर्न्ट सुगर’ ले बुकर प्राइज पाउला?

काठमाडौं। कतिपय पुरस्कार घोषणा हुनुअघि नै कसको पोल्टामा पर्ला भनी अनुमान गर्ने चलन पुरानै हो। भोलि बिहीबार साँझ घोषणा हुने बुकर प्राइजमा पनि कसको कब्जा रहला भन्ने अनुमान गर्न थालिएको केही महिना भएको छ।

केही दिनदेखि भारतीय मिडियामा अवनि दोषीको पुस्तक ‘बर्न्ट सुगर’ ले यसपटक बुकर प्राइज हात पार्ने अनुमान गर्न थालिएको छ। दोषी भारतीय मूलकी लेखिका हुन्। हाल उनी दुबईमा बस्छिन्।

बुकर प्राइजका लागि यस पटक ६ वटा पुस्तक सर्टलिस्टमा परेका छन्। कोरोना भाइरस संक्रमणका कारण यस पटकको पुरस्कार वितरण समारोह अलग हुने भएको छ। आयोजकका अनुसार यस पटक लन्डनको राउन्ड हाउसबाट कार्यक्रम प्रसारण गरिने छ।

अवनिसँगै यो पुरस्कारको दौडमा जिम्बावेका लेखक सिटसी दांगारेम्बगाको ‘दिस मर्नेबल बडी’, अमेरिकी डायना कुकको ‘दि न्यु वाइल्डनेस’, माजा मेन्जिस्टेको ‘दि स्याडो किङ’, ब्रान्डन टेलरको ‘रियल लाइफ’ र स्कटल्यान्डका लेखक डगलस स्टुआर्टको ‘सगी बेन’ सामेल छन्।

दोषीले भनेकी छन्, ‘‘मैले थुप्रै वर्ष लगाएर, विभिन्न हिस्सामा बन्र्ट सुगर लेखेकी हुँ। यसका निम्ति वास्तविक प्रेरणा मैले कहाँबाट पाएँ भन्न गाह्रो छ। तर, पुणेमा हजुरआमाको फ्ल्याट सम्झनामा आउँछ, उनको सुत्ने कोठामा राखिएको सिसामा केही खराबी छ र किनारा सम्झन्छु। केहीछिनका लागि म आफ्नो अनुहार दुई प्रकारका देख्छु। त्यही दिन मैले केही लेखेकी थिएँ, त्यो नै यो पुस्तकको पहिलो हिस्सा बन्न पुगेको छ।'' (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्