काठमाडौं। अमेरिकी राष्ट्रपतिका रुपमा बुधबार जो बाइडेनले बुधबार शपथ ग्रहण गर्दैछन् । बाइडेनसँगै कमला ह्यारिसले पहिलो महिला उपराष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्नेछिन् ।
५६ वर्षीया कमला ह्यारिस अमेरिकाको पहिलो पहिली अश्वेत र दक्षिण एसियाई– अमेरिकी महिला उपराष्ट्रपति पनि बन्नेछिन् । उनका बाबु जमैकन मूलका हुन् भने आमा भारतीय मूलकी हुन् ।
उनी अमेरिकाको पहिलो अश्वेत महिला महान्यायाधिवक्ता समेत हुन् । क्यालिफोर्नियाबाट सिनेटर हुनुअघि उनले लामो समय महान्यायधिवक्ताको जिम्मेवारी सम्हालेकी थिइन् ।
सन् २०१९ को डिसेम्बरमा राष्ट्रपतिको दौडबाट बाहिरिएपछि उनलाई बाइडेनले उपराष्ट्रपतिको उम्मेदवार चयन गरेका थिए ।
राष्ट्रपतिको प्रतिस्पर्धामा रहेका बेला बाइडेन र कमला एक अर्काका कट्टर आलोचक थिए । तर बाइडेनले कमलालाई आफ्नो उपराष्ट्रपतिको उम्मेदवार बनाएर सबैलाई आश्चर्यमा पारिदिएका थिए ।
सन् २०१९ मा वासिंगटन पोस्टमामा अन्तर्वार्ता दिँदै उनले राजनेता कुनै रंगबा निर्धारण नहुने भन्दै आफू जस्तो छु त्यसैमा खुसी रहेको बताएकी थिइन् ।
बाइडेन र ह्यारिसको सत्तारोहणसँगै अमेरिकी सिनेटमा डेमोक्र्याट पार्टी बहुमतमा पुग्ने छ।
अमेरिकी उपराष्ट्रपति सिनेटको अध्यक्ष हुने भएकाले महत्वपूर्ण मुद्दामा रिपब्लिकन र डेमोक्रेटबीच बराबरी भएमा उनले निर्णायक मत दिनेछिन् । अमेरिकी सिनेटमा दुवै पार्टीको समान ५०–५० सिट रहेको छ ।
" /> काठमाडौं। अमेरिकी राष्ट्रपतिका रुपमा बुधबार जो बाइडेनले बुधबार शपथ ग्रहण गर्दैछन् । बाइडेनसँगै कमला ह्यारिसले पहिलो महिला उपराष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्नेछिन् ।५६ वर्षीया कमला ह्यारिस अमेरिकाको पहिलो पहिली अश्वेत र दक्षिण एसियाई– अमेरिकी महिला उपराष्ट्रपति पनि बन्नेछिन् । उनका बाबु जमैकन मूलका हुन् भने आमा भारतीय मूलकी हुन् ।

">