काठमाडौं। छिमेकी भारतले महामारीबाट जोगिने खोपको डेढ लाख डोज बुधबार भुटानलाई पठाएको छ। भारतले यसअघि नै खोप सहायता अनुदान भुटान, मालदिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सेसेल्सलाई दिने घोषणा गरेको थियो।
निकटतम छिमेकीमात्र होइन खुल्ला सीमा भएका कारण पनि भारतले कोभिशिल्ड खोप सर्वप्रथम नेपाल पठाउने अपेक्षा गरिएको थियो। खोपको सो परिमाण बुधबार भुटान पठाएको सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेका थिए।
उनले भुटानको विश्वासिलो सहयोगी बन्न पाएकोमा सम्मानित महसुस गरेको समेत उल्लेख गरेका छन्। ट्विटमा उनले भनेका छन्, ‘‘वैश्विक समुदायको स्वास्थ्य सेवासम्बन्धी आवश्यकता पूरा गर्न विश्वसनीय सहयोग बनेर अति सम्मानित महसुस गरेको छु।’’
भारत कोरोनाविरुद्धको खोप उत्पादनमा संसारकै एक प्रमुख देश हो। भारतसँग अन्य थुप्रै देशले खोप किन्ने चाहना राखेका छन्।
घरेलु आवश्यकतालाई दृष्टिगत गर्दै भारतले आगामी साता वा महिनाभित्रमा चरणवद्ध रुपमा सहयोगी देशमा खोप निर्यात गर्ने बताएको छ।
अत्यन्तै नजिकको छिमेकीले आज २० तारिखदेखि माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सेसेल्समा पनि खोप पठाउने बताएको छ।
श्रीलंका, अफगानिस्तान, मौरिसस सरकारले आवश्यक मन्जुरी दिन बाँकी रहेकाले त्यता खोप पठाउन नसकिएको भारत सरकारको भनाई छ। नेपालले भने भारतमा बनेको खोपलाई मन्जुरी दिइसकेको छ। -एजेन्सी