बाल विवाहमा संलग्न चार जना पक्राउ
<p>सप्तरी । हनुमाननगर कंकालिनि नगरपालिका-१४ रामपुरमा बाल विवाह गर्ने र गराउने कार्यमा संलग्‍न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । </p>
<p>पक्राउ पर्नेहरूमा १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका-३ का बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्‍न ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् । </p>
<p>उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको सप्तरी प्रहरीले जानकारी दिएको छ । </p>
प्रतिक्रिया दिनुहोस्
