भक्तपुरमा तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
<p style="text-align: justify;">भक्तपुर । सूर्यविनायक नगरपालिका–६ सुरन्दरबस्तीमा सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले सुमनलगायत १५ जनालाई पक्राउ गरेको छ ।</p>
<p style="text-align: justify;">महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद एक लाख ८९ हजार नौ सय ५० रूपैयाँ र ६ बुक ताससहित फेला पारेको हो ।</p>
<p style="text-align: justify;">यस घटनाका सम्बन्धमा आवश्यक कारवाही भइरहेको नेपाल प्रहरीले जनाएको छ ।</p>