काठमाडौं। रानीपोखरीमा भरिएको लेउ, झ्याउलगायतका फोहोर हटाउन थालिएको छ। काठमाडौं महानगरले नगर प्रहरी लगाएर लेउ, झ्याउ हटाएर चिटिक्क बनाउन थालेको हो।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नगर प्रहरी लगाएर दैनिक रानीपोखरी सफा गर्न थालिएको जानकारी दिए।
पुनर्निर्माणपछि रानीपोखरी महानगरलाई हस्तान्तरण गरिएको छैन। तर पनि आफ्नो महानगर क्षेत्रमा पर्ने भएकाले सरसफाईको काम अगाडि बढाइएको उनको भनाई छ।
दुई दिनमा झण्डै आठ टिपर लेउ र झ्याउ झिकिएको ज्ञवालीले बताए। “महानगरलाई हस्तान्तरण गरिएको छैन। तर रानीपोखरी महानगरकै स्वामित्वकै भएकाले हामीले सरसफाईको काम अगाडि बढाएका छौं। सफा गर्ने काम दैनिक चलिरहेको छ,” प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने।
अहिले अस्थायी रूपमा रानीपोखरी सफा गरिएको हो। यसको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको उनको भनाई छ। यसमा पुनर्निमाण प्राधिकरणले समेत काम गरिरहेको छ।
प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले आधुनिक प्रविधिभन्दा पनि सामान्य तरिकाले कसरी लेउ, झ्याउ हटाउन सकिन्छ भनेर सरोकारवाला निकायसँग छलफल भइरहेको जानकारी दिए।
“अहिलेको नयाँ नयाँ प्रविधिको प्रयोग गरेर त केही क्षणमै सफा गर्न सकिन्छ। तर, पुरातात्विक महत्वको भएकाले कसरी सामान्य तरिकाले सरसफाई गर्न सकिन्छ भनेर छलफलमा छौं”, प्रवक्ता अर्यालले भने।
२०७२ सालको भूकम्पका कारण भत्किएको रानीपोखरी पाँच वर्षपछि पुर्ननिर्माण सम्पन्न भएको थियो। गत कात्तिक ४ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
पुर्ननिर्माण सम्पन्नपछि रानीपोखरीमा पानी भरिएको थियो। त्यसको सरसफाई नहुँदा लेउ, झ्याल लगायतले फोहोर बनेको थियो। त्यो कसरी हटाउने भन्ने निर्णय नहुँदा लामो समयदेखि रानीपोखरीमा लेउ र झ्याउ भरिएको थियो। अहिले अस्थायी रूपमा जालीको प्रयोग गरेर हटाइएको महानगरले जनाएको छ।
यो पनि...
लेउ र झारले भरियो रानीपोखरी, सफा गर्ने ‘आइडिया’ खोज्दै पुनर्निर्माण प्राधिकरण