कुवेत सिटी । कुवेतको सोमबार सरकार विघटन भएको छ । त्यहाँका प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् ।
प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजासमक्ष राजीनामा दिएका हुन् । यससँगै तत्कालै अर्को मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् ।
देशको राष्ट्रिय सभा र मन्त्रिपरिषद्का बीचमा सम्बन्ध बिग्रिएकाले राजीनामा दिन लागेको प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा जानकारी दिएका थिए । उनले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरू अब बिदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए ।
प्रधानमन्त्री शेखले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए ।
रासस/सिन्ह्वा
" /> कुवेत सिटी । कुवेतको सोमबार सरकार विघटन भएको छ । त्यहाँका प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् ।प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजासमक्ष राजीनामा दिएका हुन् । यससँगै तत्कालै अर्को मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् ।

">