काठमाडौँ। रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नुपर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले सोमबार आग्रह गरेका छन् । जर्मनीमा उपचारपछि स्वदेश फर्केका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरूले रुसको आलोचना गरेपछि विदेशमन्त्रीको सो आग्रह आएको हो ।
अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनको टोलीले नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले नाभाल्नीलाई पक्राउ गरिएकोमा ट्वीटरमार्फत् टिप्पणी गरेका छन् । नाभाल्नीको रिहाको युरोपियन युनियन (इयु)द्वारा पनि माग भएको छ ।
क्रेमलिनका आलोचक ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए । उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो ।
गत अगस्तमा रुसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले बताएको छ ।
उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाहअनुसार त्यहीँ आराम गरिरहेका थिए ।
रुसी प्रशासनले उनलाई स्वदेश फर्किएपछि पक्राउ गर्न सक्ने चेतावनीबीच उनी राजधानी मस्को पुगेका थिए । क्रेमलिनको कट्टर आलोचक विपक्षी नेता नाभाल्नीले आफू निर्दोष रहेको र देशका लागि काम गरिरहेको बताउँदै यस क्रममा आफूलाई पक्राउ गर्ने भनी आएका समाचारबाट आफू स्वदेश फिर्ता हुन नडराएको बताए ।
उनी आइतबार ग्रीनविच समयानुसार साँझ ४ः२० मा बर्लिनबाट मस्को गएका हुन् । मस्कोको भेनुकोभो विमानस्थलमा उनी चढेको विमान अवतरण हुने बताइएको छ । रुसी प्रशासनले उनलाई जेलबाट छुट्दा गरेको प्रतिबद्धता उल्लङ्घनको आरोपमा पुनः पक्राउ गरी छानविन हुनसक्ने बताएको छ ।
रासस/एएफपी
" /> काठमाडौँ। रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नुपर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले सोमबार आग्रह गरेका छन् । जर्मनीमा उपचारपछि स्वदेश फर्केका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरूले रुसको आलोचना गरेपछि विदेशमन्त्रीको सो आग्रह आएको हो ।अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनको टोलीले नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले नाभाल्नीलाई पक्राउ गरिएकोमा ट्वीटरमार्फत् टिप्पणी गरेका छन् । नाभाल्नीको रिहाको युरोपियन युनियन (इयु)द्वारा पनि माग भएको छ ।

">