काठमाडौं। स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई हिरासतमा लिइएको छ। जर्मनीमा लामो उपचारपछि स्वदेश फर्किएलगत्तै उनलाई हिरासतमा लिइएको हो।
नाभाल्नीलाई पक्राउ गरेकोमा पश्चिमा नेताहरूले रुसको कडा आलोचना गरेका छन् । क्रेमलिनका कट्टर आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाटै प्रहरीले हिरासतमा लिएको हो।
उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनी चढेको विमान अन्यत्रै ओरालिएको थियो।
नभाल्नीले आफूलाई रुसी अधिकारीहरुले नै विष दिएको आरोप लगाउँदै आएका छन्। खोजपत्रकारहरूले उनको आरोप सही भएको बताएपनि क्रेमलिनले त्यसलाई अस्वीकार गरेको छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनको टोलीले नभाल्नीलाई तत्काल रिहा गर्न माग गरेको छ।
बाइडनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनित गरेका जेक सुलिभानले नभाल्नीको ज्यान लिने कोशिस गरेकाहरूलाई जबाफदेही बनाउन पनि आग्रह गरेका छन्।
युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले नभाल्नीको पक्राउ गर्ने घटना अस्वीकार्य कदम भएको टिप्पणी गरेका छन् । ‘उनलाई तत्काल रिहा गर्न म रुसी अधिकारीहरूलाई आह्वान गर्छु,’ मिसेलले ट्वीटमा लेखेका छन्।
‘म सही छु भन्ने मलाई थाहा छ। मलाई कुनै डर छैन,’ मस्कोस्थित शेरेमेत्येभो विमानस्थलमा पक्राउ पर्नुअघि उनले आफ्ना समर्थक तथा सञ्चारकर्मीसँगको प्रतिक्रियामा भनेका थिए ।
गत वर्षको अगस्टमा स्नायु विष दिइएपश्चात् नभाल्नीलाई जर्मनीमा उपचार गरिएको थियो।
" /> काठमाडौं। स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई हिरासतमा लिइएको छ। जर्मनीमा लामो उपचारपछि स्वदेश फर्किएलगत्तै उनलाई हिरासतमा लिइएको हो।नाभाल्नीलाई पक्राउ गरेकोमा पश्चिमा नेताहरूले रुसको कडा आलोचना गरेका छन् । क्रेमलिनका कट्टर आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाटै प्रहरीले हिरासतमा लिएको हो।

">