काठमाडौं। बौद्ध धर्मको विकास र विस्तारमा पद्मसम्भव (गुरु रिम्पोचे) को विशेष योगदान छ। उनलाई तिब्बतमा बौद्ध धर्म बिस्तार गर्ने श्रेय दिइन्छ। त्यसै गरी भारतको उडिसा बौद्ध संस्कृतिको ऐतिहासिक केन्द्र मानिन्छ।
वी रिडले बौद्ध धर्म संस्कृतिका महत्वपूर्ण यो थलो र यी गुरुबारे जानकारी दिने पुस्तक उडियानाका उडिसाका पद्मसम्भव बजारमा ल्याएको छ।
डा. विमलेन्दु मोहन्तीद्वारा सम्पादित यो पुस्तकमा ऐतिहासिक खोज, तथ्य र पुरातात्विक अभिलेखसमेतका आधारमा विभिन्न विद्वानहरुको लेख समावेश छ।
नेपाल, भारत, तिब्बत, भुटानको सामाजिक जीवनमा बौद्धधर्मको खास प्रभाव भेटिन्छ। इशापूर्व २६१ मा भारतका सम्राट अशोकको पालामा बुद्ध धर्मले राजधर्मको मान्यता पायो। त्यसपछि बौद्ध धर्म संसारका विभिन्न भूगोलमा फैलियो। यसक्रममा बौद्ध धर्मका अनेक रुप र पद्दतिको विकास हुँदै आयो। तीमध्ये महायान र बज्रयानको विकास उडिसाबाटै भएको मानिन्छ। आठौं शताब्दीपछिका बौद्ध धर्मका स्रोतहरु उडियाना र त्यहाँका राजा इन्द्रभूतिसँग जोडिन्छ।
कमलको फूलबाट जन्मेको र तन्त्रका ज्ञाता मानिने पद्मसम्भवको तिब्बतसँगको सम्बन्धबारे पुस्तकमा विशेष प्रकाश पारेको छ। पुस्तक बौद्ध धर्मका फरक चरण, फरक आयाम र यसको बिस्तारमा पद्मसम्भवको भूमिकाबारे जान्न चाहनेका लागि उपयोगी छ।
पद्मसम्भवले नेपाल भ्रमण गरेका तथ्यहरुबारे पनि धेरै चर्चा हुने गरेको छ। मुस्ताङदेखि फर्पिङसम्म पद्मसम्भवसँग जोडिएका गुम्बा र गुफा भेटिएका छन्। त्यसैले बौद्ध धर्मको इतिहासको विकासक्रम बुझ्न चाहने नेपाली पाठकका लागि पुस्तक उपयोगी छ। १६६ पृष्ठको यो पुस्तकको मूल्य आठ सय रुपैयाँ तोकिएको छ।