काठमाडौं। ललितपुर, नवलपरासी (पूर्व), बर्दिया, सिन्धुली, पर्सा, सप्तरी, कास्की, मोरङ र सुनसरीका छुट्टा-छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ।
ललितपुररकाे गाेदावरी नगरपालिका-२ लट्टा भन्ज्याङ्स्थित सडकमा बा ४ ख ६२०८ नम्बरको टिपर सडकबाट करिब ३०० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा टिपरका सहचालक काभ्रे पाँचखाल बस्ने १८ वर्षीय दीपेश मिजारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका टिपरका चालक काभ्रे पाँचखाल बस्ने २४ वर्षीय अजय तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका-४ चुलिबोझास्थित सडकमा लु ३ त ७६०७ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक देवचुली नगरपालिका-९ बस्ने २५ वर्षीय विकास गोतामे मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लैजानेक्रममा बाटोमै मृत्यु भएको हो।
बर्दियाकाे ठाकुरबाबा नगरपालिका-५ वनविरस्थित सडकमा से २ प १३२१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ वनविर गाउँ बस्ने पैदलयात्री ५० वर्षीया उचानी थारुको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिन्धुलीकाे तीनपाटन गाउँपालिका-११ स्थित सडकमा ना ६ त २७४४ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३४ वर्षीया लालुमाया तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य चार जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी चकभडे पठाएकोमा ट्रमा सेन्टर काठमाडौं रिफर भएका छन्। फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
यसैगरी पर्साकाे वीरगञ्ज महानगरपालिका-१६ गणेशटोल नगवास्थित सडकमा ना २ ह ६६३९ नम्बरको इलेक्ट्रोनिक रिक्साले ठेलालाई शनिबार साँझ ठक्कर दिँदा ठेला चालक सोही ठाउँ बस्ने ६० वर्षीय रामचरण साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल हुँदै नेसनल मेडिकल कलेज वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो। इलेक्ट्रोनिक रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरीकाे खड्क नगरपालिका-८ गिरधारी राईस मिलनजिक सडकमा स १ त २५१२ नम्बरको रोकिरहेको ट्याक्टरमा मे १ ज २४५२ नम्बरको सुमोले आइतबार बिहान ठक्कर दिँदा सुमोमा सवार हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका सुमोका चालक पाँचथर फिदिम नगरपालिका-३ बस्ने ३४ वर्षीय टेकबहादुर दर्जीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ। दुवै सवारीसाधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्कीकाे पोखरा महानगरपालिका-१ याम्दीस्थित सडकमा बा २ च ७४१० नम्बरको जिप आफैं अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जिप चालक सोही महानगरपालिका-१० रामबजार बस्ने ५० वर्षीय प्रकाश पुन र जिपमा सवार सोही महानगरपालिका उत्तम चोक बस्ने ५२ वर्षीया चित्रा पुनको मृत्यु भएको छ। प्रकाशको पश्चिम क्षेत्रीय अस्पताल र चित्राको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य सात जनाको साहारा अस्पतालमा उपचार भइरहेको छ।
माेरङकाे सुन्दरहरैँचा नगरपालिका-१० सुकुनास्थित सडकमा बीआर ०६ जीडी ५५५२ नम्बरको ट्रकले बा ८८ प ४६९६ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक बेलबारी नगरपालिका-६ बस्ने २४ वर्षीय हितकुमार राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका बयेरबन बस्ने ३५ वर्षीया डोल्मा राई तथा उनकी ११ वर्षीया छोरी सुनिमा राईको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। ट्रक चालक भारत बस्ने ५८ वर्षीय उमाशंकर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै सुनसरीकाे इटहरी उपमहानगरपालिका-२ आँपगाछी चोकमा को १ ख ५५२७ नम्बरको ट्रकले को ३२ प ६७१६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका-१० बस्ने ३० वर्षीय विक्रम चोम्जोङको मृत्यु भएको छ। दुर्घटनमा गम्भीर घाइते भएका उनको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय साहिल तुलाधरलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ। दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी सुनसरी बराहक्षेत्र नगरपालिका-१ रानीखोलास्थित सडकमा प्रदेश १ ०२-०४१ प ४९७१ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका-१ बिहीबारे बस्ने २६ वर्षीय सनम याख्खाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा धरान अस्पताल हुँदै नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। चालक सामान्य घाइते भएका छन्।
दुर्घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।