काठमाडौं। गुल्मीकाे मदाने गाउँपालिका-३ शिरशिने पोखरा बस्ने नरबहादुर थापाको कच्ची गोठमा शनिबार बिहान आगलागी भएकाे छ। आगलागीबाट गोठ, पाँच वटा बाख्रा र नगद ६० हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ।
यसैगरी लमजुङकाे राईनस नगरपालिका-५ तीनपिप्ले चोकमा राखेको हाल नम्बर नखुलेको बाटो पेल्ने रोलरमा शनिबार राति आगलागी भएकाे छ। आगलागीबाट राेलर जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ।
यता बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-१८ परास टोल बस्ने कृष्ण देवी कुर्मीको फुसको घरमा शुक्रबार बिहान आगजनी हुँदा नगद २० हजार र अन्य धनमालसमेत जलेर करिब ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
पर्सा वीरगञ्ज महानगरपालिका-२८ बगही बस्ने ३३ वर्षीय धुरेन्द्र पटेलले कुर्मीको घरमा पेट्रोल छर्की आगो लगाइदिएको र स्थानीयबासीहरूको सहयोगमा नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले फरार पटेलको खोजी गरिरहेको जनाएकाे छ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।