काठमाडाैं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्नुअघि हिंसात्मक क्रियाकलाप हुनसक्ने आशंकामा अमेरिकाका ५० वटै राज्यको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गत ३ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा पराजित भएका डोनाल्ड ट्रम्पका समर्थकले हिंसा मच्चाउन सक्ने आशंकामा सुरक्षाकर्मी तैनाथ गरिएको हो ।
गत ६ जनवरीमा कंग्रेसले बाइडेनको जीत प्रमाणित गर्ने प्रक्रिया चलिरहेका बेला ट्रम्पका समर्थहले संसद भवनमा नै हिंसा मच्चाउँदा एक सुरक्षाकर्मीसहित ५ जनाको मृत्यु भएको थियो ।
सो हिंसाका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रो पटक महाअभियोग लागेको छ । उनी अमेरिकाको इतिहासमा दुई पटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति समेत हुन् ।
एफबीआईले बाइडेनले सत्ता सम्हाल्नुअघि ट्रम्प समर्थकले हतियारसहित प्रदर्शन गर्न सक्ने चेतावानी दिएपछि सबै राज्यमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
२० जनवरीमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पदभार ग्रहण गर्नेछन् । बाइडेनको शपथग्रहणको कार्यक्रमको तयारी भइरहँदा ट्रम्प भने सार्वजनिक जिम्मेवारीमा देखिएका छैनन् ।
उनले बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने बताएका छन् । यद्यपि उनले आफ्ना लागि रेडकार्पेट तथा २१ तोपको सलामीसहितको बिदाई कार्यक्रमको तयारी गरेको अमेरिकी समाचारमाध्यमले समाचार प्रशारण गरेका छन् ।
राष्ट्रपतिका रुपमा पदभार ग्रहण गर्नुअघि बाइडेनले कोरोनाबाट थलिएको अर्थतन्त्रलाई गति दिन १.९ ट्रिलियन डलर बराबरको राहत प्याकेज घोषणा गरेका छन् ।
" /> काठमाडाैं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्नुअघि हिंसात्मक क्रियाकलाप हुनसक्ने आशंकामा अमेरिकाका ५० वटै राज्यको सुरक्षा व्यवस्था कडा पारिएको छ ।गत ३ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा पराजित भएका डोनाल्ड ट्रम्पका समर्थकले हिंसा मच्चाउन सक्ने आशंकामा सुरक्षाकर्मी तैनाथ गरिएको हो ।

">