काठमाडौं। आगामी जी ७ शिखर सम्मेलनमा कोरोना महामारीले निम्त्याएको संकट र जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीबारे चर्चा हुने भएको छ। बेलायतको कर्नवालमा ११ देखि १३ जुनसम्म चल्ने सम्मेलनमा मुख्य रुपमा ती दुई विषयमा चर्चा हुने भएको हो।
प्रधानमन्त्री बोरिस जोनसनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनेको छ- ‘प्रधानमन्त्री जोनसन दुई वर्षको अवधिमा त्यस्तो पहिलो व्यक्ति हुन्, जसले शिखर सम्मेलनको उपयोग कोरोना भाइरस संकटमा पुनः उन्नत अवसरको निर्माण, भविष्य, हरियाली तथा सदस्य राष्ट्रलाई अधिक समृद्ध बनाउन नेताहरुलाई एकजुट गर्ने कार्य गर्न लागेका छन्।’
विज्ञप्तिमा प्रधानमन्त्री जोनसनले उक्त बैठकलाई बढीभन्दा बढी उपयोगी बनाउने प्रयास गर्ने छन्। बैठकमा संसारका लोकतान्त्रिक तथा प्राविधिक रुपमा उन्नत राष्ट्रहरुबीच सहयोग तीव्र पार्नका लागि अस्ट्रेलिया, भारत तथा दक्षिण कोरिया अतिथि देशका रुपमा भाग लिने छन्।
जी ७ शिखर सम्मेलनमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, अमेरिका तथा युरोपियन युनियन सहभागी हुने छन्।
(एजेन्सी)
" /> काठमाडौं। आगामी जी ७ शिखर सम्मेलनमा कोरोना महामारीले निम्त्याएको संकट र जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीबारे चर्चा हुने भएको छ। बेलायतको कर्नवालमा ११ देखि १३ जुनसम्म चल्ने सम्मेलनमा मुख्य रुपमा ती दुई विषयमा चर्चा हुने भएको हो।प्रधानमन्त्री बोरिस जोनसनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनेको छ- ‘प्रधानमन्त्री जोनसन दुई वर्षको अवधिमा त्यस्तो पहिलो व्यक्ति हुन्, जसले शिखर सम्मेलनको उपयोग कोरोना भाइरस संकटमा पुनः उन्नत अवसरको निर्माण, भविष्य, हरियाली तथा सदस्य राष्ट्रलाई अधिक समृद्ध बनाउन नेताहरुलाई एकजुट गर्ने कार्य गर्न लागेका छन्।’

">