काठमाडौं। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलास्थित पकली रुपनी सडक खण्डमा गएराति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार मोरङको कानेपोखरीका २६ वर्षीैय सनम याख्खा रहेका छन्। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
प्रदेश १ ०२ ०४१ प ४९७१ नम्बरको मोटरसाईकलको पछाडि सवार याख्खाको उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा राति १२ बजे मृत्यु भएको हो।
मोरङ घर भएका मोटरसाईकल चालक २५ वर्षीय प्रदीप राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ। घाईतेको अवस्था सामान्य रहेको छ।
मोटरसाईकल चालक राई ईलाका प्रहरी कार्यालय रंगेली मोरङमा कार्यरत प्रहरी जवान रहेको खुल्न आएको छ।
चतराबाट बराह क्षेत्रतर्फ जादै गरेको प्रदेश १ ०२ ०४१ प ४९७१ नम्बरको मोटरसाईकल गएराति साढे ९ बजे अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खुसेर सो दुर्घटना भएको हो ।