काठमाडौं। १० जना नेपालीको टोलीले चिसो मौसममा विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका छन् ।
चिसो मौसममा कायाकोरम रेन्जमा रहेको यो हिमाल आरोहणमा पहिलोपटक सफलता प्राप्त भएको हो ।
सो टिमका एक सदस्य निम्स दाई पुर्जाले स्थानीय समयअनुसार शनिबार साँझ पाँच बजे शिखरमा पुगेको जनाएका छन् ।
चिसो मौसममा ८ हजार ६ सय ११ मिटर उचाई रहेको यो हिमाल आरोहणको प्रयास गरेको भएपनि पहिलो पटक सफलता मिलेको हो ।
गत साता नै एक स्पेनी पर्वतारोहीले सो हिमाल आरोहणको कोशिस गरेका भएपनि उनको मृत्यु भएको थियो । यो निकै कठिन हिमाल हो ।
सन् १९५३ मा आरोहरण गर्ने कोशिस गरेका अमेरिकी पर्वतारोही जर्ज बेलले यो हिमालको आरोहण गर्नु भनेका मृत्युलाई निमन्त्रणा दिनु भएको बताएका थिए । सुरुमा नेपाली पर्वतारोहीको ६० जनाका अलग अलग टोलीले आरोहणको कोशिस गरेका थिए । तर १० जना मात्रै शिखरमा पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् ।
युके स्पेशन बोट सर्भिसका पूर्व सदस्य पर्वतारोही निर्मल पुर्जाले यो हिमाल आरोहणको खुसियालीका तस्बिर सार्वजनिक गरेका हुन् । उनीहरुको सफलताको पुष्टि पर्वतारोहणको आयोजक सेवन समिट ट्रेकले पनि गरेको छ ।
निर्मल पुर्जाले भने, ‘मानव जातिको यो इतिहासको हिस्सा भएकोमा हामीलाई गर्वछ । यसबाट सहकार्य गरेर र सकारात्मक सोचबाट सीमालाई तोड्न सकिन्छ । हामी जे चाहन्छौं, त्यो पाउँछौं ।’
पहिलो पटक १९८७–१९८८ मा केही पर्वतारोहीले केटु हिमाल आरोहणको कोशिस गरेका भएपनि हालसम्म कोही पनि ७ हजार ६५० मिटरभन्दा माथि पुग्न सकेका थिएनन् ।