काठमाडौँ। काठमाडौँमा युवाहरू संस्कृत भाषा सिक्न जुटेका छन्। राजोपाध्याय समाज काठमाडौँ जिल्ला समितिको आयोजनामा उक्त संस्कृत कक्षा सुरु भएको हो।
औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै राजोपाध्याय समाजका अध्यक्ष सञ्जय शर्मा राजोपाध्यायले संस्कृत भाषा अध्ययनले पुराना अभिलेख र इतिहास खोज्न पनि मद्दत गर्ने बताएका छन्। कक्षाका गुरु व्याकरणाचार्य गजानन्द राजोपाध्यायले विद्यार्थीहरूलाई गम्भीर भएर अध्ययन गर्न अनुरोध गरे।
कार्यक्रममा जिल्ला समितिका संयोजक सुजित राजोपाध्यायले समयानुसार आगामी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै जाने जनाएका छन्।
उक्त तीन महिने प्रशिक्षण कार्यक्रममा करिब २० जना युवाहरूको सहभागिता रहेको छ।
" /> काठमाडौँ। काठमाडौँमा युवाहरू संस्कृत भाषा सिक्न जुटेका छन्। राजोपाध्याय समाज काठमाडौँ जिल्ला समितिको आयोजनामा उक्त संस्कृत कक्षा सुरु भएको हो।औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै राजोपाध्याय समाजका अध्यक्ष सञ्जय शर्मा राजोपाध्यायले संस्कृत भाषा अध्ययनले पुराना अभिलेख र इतिहास खोज्न पनि मद्दत गर्ने बताएका छन्। कक्षाका गुरु व्याकरणाचार्य गजानन्द राजोपाध्यायले विद्यार्थीहरूलाई गम्भीर भएर अध्ययन गर्न अनुरोध गरे।
कार्यक्रममा जिल्ला समितिका संयोजक सुजित राजोपाध्यायले समयानुसार आगामी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै जाने जनाएका छन्।
उक्त तीन महिने प्रशिक्षण कार्यक्रममा करिब २० जना युवाहरूको सहभागिता रहेको छ।
">