पत्रकारले हक अधिकार र स्वतन्त्रताको लागि अब लड्नु पर्दैनः मन्त्री नेम्बाङ
पाँचथर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले पत्रकारले अब हक, अधिकार र स्वतन्त्रताका लागि कसैले लड्न नपर्ने बताएका छन्।

बरू मुलुकको समृद्धिका लागि सबै एकसाथ लड्ने बेला आएको बताए। त्यसका लागि पत्रकारहरूको सकारात्मक सहयोगको आवश्यकता रहेको बताए।

“सुखी नेपाली, समृद्ध नेपालको नारा वर्तमान सरकारको छ”, मन्त्री नेम्बाङले नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आज आयोजित साधारणसभामा बोल्दै भने, “यो अभियानमा तपाईहरूको सकारात्मक साथ सरकारलाई आवश्यक छ।”

मन्त्री नेम्बाङले ‘क्लीन फिड’ कार्यान्वयन गरिएपछि नेपाली मिडियाहरूको विज्ञापन बढेको र अझ व्यवस्थित गर्न सरकार प्रतिवद्ध रहेको बताए।

प्रतिक्रिया दिनुहोस्