डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित मुँ गाउँबाट हातहतियारसहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँका ३९ वर्षीय चन्द्रप्रसाद बुढा, सोही नगरपालिका–५ का ४५ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिका–७ का २१ वर्षीय गोकर्ण बुढा, ४२ वर्षीय सूर्यबहादुर बुढा र २५ वर्षीय चन्द्ररुप केसी रहेका छन्।
उनीहरुको साथबाट प्रहरीले २ नाल भरुवा बन्दुक, १ डिब्बा बारुद, ४५ वटा छर्रा, कस्तुरी मार्ने १४ वटा पासा, ४ वटा कस्तुरीको दाँत, बारुद भरेको २ वटा चौरीको सिङ बरामद गरेको छ।
प्रहरी चौकी त्रिपुराकोट र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट खटिएको संयुक्त टोलीले चन्द्रप्रसाद बुढा समेतको घर तलासी गर्दा सो हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।