गुल्मी। ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको छ।

घटनामा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका–१ ओख्रेनी तीनधारा बस्ने मालिका गाउँपालिका–६ अर्जे घर भएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेका छन्।

रामप्रसादले आफ्नो घरमा अपरिचित व्यक्तिहरु आई अशान्ति मच्चाईरहेको भन्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानको लागि खटिएको प्रहरीले ईश्मा गाउँपलिका–३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर कुमाल (मुखिया) लाई आगोले पोली डामी मृत्यु भएको अवस्था फेला पारेको थियो।

त्यस्तै,  उनका जेठो छोरा ३४ वर्षीय हुमबहादुर मुखिया सामान्य घाइते अवस्थामा फेला परेका थिए। गत आइतबार ढाड दुखेपछि रामबहादुर उपचारका लागि रामप्रसादको घरमा गएका थिए। उपचार गर्ने बहानामा खाना खान समेत नदिई राप्रसादले आगोमा तताएको उक्त फलामे वस्तुले उनलाई डामेका थिए।

‘एकछिनमा सन्चो हुन्छ र आफैं उठ्छन्’ भन्दाभन्दै उनको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ।

साथै रेसुङ्गा नगरपालिका–५ भुवनपानीका ४० वर्षीया टोपला दमाईलाई समेत झारफुक गर्ने बहानामा रामप्रसादले गत शनिबार त्यसरी नै डामी घाइते बनाएको खुल्न आएको छ। टोपलालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ।

आरोपित रामप्रसादले राम बहादुरको मृत्यु भएको शंका गरी आफू जोगिनका लागि झुटो झै–झगडाको निवेदन दिएको समेत खुल्न आएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

" /> गुल्मी। ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको छ।

घटनामा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका–१ ओख्रेनी तीनधारा बस्ने मालिका गाउँपालिका–६ अर्जे घर भएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेका छन्।

रामप्रसादले आफ्नो घरमा अपरिचित व्यक्तिहरु आई अशान्ति मच्चाईरहेको भन्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानको लागि खटिएको प्रहरीले ईश्मा गाउँपलिका–३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर कुमाल (मुखिया) लाई आगोले पोली डामी मृत्यु भएको अवस्था फेला पारेको थियो।

त्यस्तै,  उनका जेठो छोरा ३४ वर्षीय हुमबहादुर मुखिया सामान्य घाइते अवस्थामा फेला परेका थिए। गत आइतबार ढाड दुखेपछि रामबहादुर उपचारका लागि रामप्रसादको घरमा गएका थिए। उपचार गर्ने बहानामा खाना खान समेत नदिई राप्रसादले आगोमा तताएको उक्त फलामे वस्तुले उनलाई डामेका थिए।

‘एकछिनमा सन्चो हुन्छ र आफैं उठ्छन्’ भन्दाभन्दै उनको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ।

साथै रेसुङ्गा नगरपालिका–५ भुवनपानीका ४० वर्षीया टोपला दमाईलाई समेत झारफुक गर्ने बहानामा रामप्रसादले गत शनिबार त्यसरी नै डामी घाइते बनाएको खुल्न आएको छ। टोपलालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ।

आरोपित रामप्रसादले राम बहादुरको मृत्यु भएको शंका गरी आफू जोगिनका लागि झुटो झै–झगडाको निवेदन दिएको समेत खुल्न आएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

"> झारफुकको बाहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु, घटनामा संलग्न दम्पती पक्राउ: Dekhapadhi
झारफुकको बाहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु, घटनामा संलग्न दम्पती पक्राउ
गुल्मी। ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको छ।

घटनामा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका–१ ओख्रेनी तीनधारा बस्ने मालिका गाउँपालिका–६ अर्जे घर भएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेका छन्।

रामप्रसादले आफ्नो घरमा अपरिचित व्यक्तिहरु आई अशान्ति मच्चाईरहेको भन्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानको लागि खटिएको प्रहरीले ईश्मा गाउँपलिका–३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर कुमाल (मुखिया) लाई आगोले पोली डामी मृत्यु भएको अवस्था फेला पारेको थियो।

त्यस्तै,  उनका जेठो छोरा ३४ वर्षीय हुमबहादुर मुखिया सामान्य घाइते अवस्थामा फेला परेका थिए। गत आइतबार ढाड दुखेपछि रामबहादुर उपचारका लागि रामप्रसादको घरमा गएका थिए। उपचार गर्ने बहानामा खाना खान समेत नदिई राप्रसादले आगोमा तताएको उक्त फलामे वस्तुले उनलाई डामेका थिए।

‘एकछिनमा सन्चो हुन्छ र आफैं उठ्छन्’ भन्दाभन्दै उनको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ।

साथै रेसुङ्गा नगरपालिका–५ भुवनपानीका ४० वर्षीया टोपला दमाईलाई समेत झारफुक गर्ने बहानामा रामप्रसादले गत शनिबार त्यसरी नै डामी घाइते बनाएको खुल्न आएको छ। टोपलालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ।

आरोपित रामप्रसादले राम बहादुरको मृत्यु भएको शंका गरी आफू जोगिनका लागि झुटो झै–झगडाको निवेदन दिएको समेत खुल्न आएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्