काठमाडौं। पोखरा टुडिँखेलस्थित राष्ट्रिय उच्च माविको कक्षा १२ मा अध्ययन गर्ने एक विद्यार्थीको परीक्षा होटलमा लिइएको विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानविन थालेको छ।
परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले विद्यालयले घट्नाबारे बोर्डलाई जानकारी दिएको र छानविनको काम चलिरहेको बताए।
“यो अत्यन्तै गम्भीर घटना हो। यो विषयमा छानविनका लागि समिति गठन गरेका छौं। १०/१५ दिनमा छानविन सकिन्छ। त्यसपछि के गर्ने भन्ने निर्णयमा पुग्छौं,” प्रवक्ता अर्यालले भने।
कक्षा १२ की एक छात्राले अंग्रेजी र पेडागोजी विषयको परीक्षा होटलमा दिएकी थिइन। छानविनको क्रममा शिक्षकहरू शिरिसकुमार बास्तकोटी र घनश्याम रेग्मीले होटलमा परीक्षा लिइएको स्वीकार गरेका हुन्। रेग्मी परीक्षाको सहायक केन्द्राध्याक्षसमेत हुन्।
कक्षा १२ की ती छात्राले पहिले नै अंग्रेजी र पेडागोजीको परीक्षा स्कूलमै गएर दिएकी थिइन। तर, परीक्षा विग्रिएको कारण पुन परीक्षा दिनको लागि सहायक केन्द्राध्यक्ष रेग्मीलाई अनुरोध गरिन। छात्राको अनुरोध सहायक केन्द्राध्यक्ष रेग्मीले स्वीकार गर्दै म मिलाउँछु भने। त्यसपछि ती छात्राले दुवै परीक्षा दिने भइन। सहायक केन्द्राध्यक्ष रेग्मी र अर्का शिक्षक बास्ताकोटीले पुनः परीक्षा लिने विषयमा छलफल गरे र परीक्षा दिनेभए कलेजभन्दा बाहिर जानुपर्ने सुनाए। सरहरूले भनेको कुरा मानेर उनी परीक्षा दिन तयार भइन। मंसिर ११ गते उनी मेजर अंग्रेजी र पेडागोजीको परीक्षा दिन सरहरूसँगै हिँडिन्।
कपी तथा पेपर सबै कलेजबाट नै ल्याइयो। त्यसपछि बाइकमा चढाएर अन्त कतै जानुपर्छ भनेर लगे। कता जानलागेको भन्ने उनलाई थाहा थिएन। बाइक लेखनाथ नगरपालिकातिर लाग्यो। त्यो बेलासम्म कता जाने भन्ने कुरा ती छात्रालाई थाहा थिएन।
शिरिस सरले एक्कासी होटल बुक गरे। होटलको कोठामा गएर उनले उत्तर लेखिन्। शिक्षक भने घरी बाहिर घरी भित्र गरिरहे। परीक्षा दिँदासम्म सर केही पनि बोलेनन्। त्यो अवधिमा किताब हेरेर पनि सार्न मिल्छ भनेर किताब पनि लगेकी थिइन्। परीक्षाको कपी लेखेर सकेपछि ल अब घर जाउँ भन्दा सरले खाजा खाने कुरा गरे। तर, उनले मानिनन्।
सरले एकदम दबाब दिए। र दुवै जना सरहरू मिलेर रक्सी पिए। रक्सी खाएपछि उनीहरूको नियत ठीक लागेन। उनी एक्कासी बाहिर आईन्। उनी बाहिर आएपछि सरहरू निकै रिसाए।
“रात परिसकेको थियो। सरहरुको गलत नियत छ भन्ने थाहा पाएरपनि एक्लै घर जान सक्ने अवस्था थिएन्। कोही चिनेका थिएनन्। घर टाढा थियो। जसरी पनि म उहाँहरुसँगै फर्किनुपर्ने अवस्था थियो,” ती छात्राले भनिन्।
घटनाबारे थप उनले भनिन्, “बाहिर आएर होटलको विल मलाई पनि तिर्न लगाउनुभयो। मैले एक हजार रूपैयाँ तिरेकी थिए।”
परीक्षा दिएको दोस्रो दिन हाजिर नभएको भन्दै विद्यालयमा बोलाइयो। “हाजिर भएको छैन भनेर घनश्याम सरले स्कूलमा बोलाउनुभयो। कलेजमा पुगेपछि दाइलाई धम्की दिने तर, मसँग केही पनि कुरा नगर्ने गर्नुभयो। पछि स्कूलमा गएर हाजिरी गरिदिनुभयो,” उनले भनिन्।
त्यो दिन आफु होटलको कोठाबाट बाहिर नआएको भए उनीहरू जबर्जस्तीकरणी गर्ने सक्ने उनको भनाई छ। “उनीहरूको गलत नियत मैले थाहा पाएर जबर्जस्ती म बाहिर आए। नत्र उनीहरूले ममाथी गलत कार्य गर्ने थिए,” उनले भनिन्।
उनले आफ्नो परीक्षा रद्द भएपनि फेरी विद्यालयमै गएर परीक्षा दिन पाउनुपर्ने र शिक्षकहरूमाथि कारवाही हुनुपर्ने बताइन्। विद्यालय प्रधानाध्यापक तथा परीक्षाका केन्द्राध्यक्ष सूर्य तिवारीले उक्त घटनाबाट लज्जित भएको बताए। “घटनाको छानविनका लागि तत्कालै परीक्षा बोर्डमा निवेदन पेस गरेका छौं। यो विषयमा थप छानविन पनि भइरहेको छ,” उनले भने।
शिक्षक बास्तकोटीले भने होटलमा लगेर परीक्षा लिइएको भएपनि रक्सी खाएको भन्ने आरोप झुठा भएको बताएका छन्।
" /> काठमाडौं। पोखरा टुडिँखेलस्थित राष्ट्रिय उच्च माविको कक्षा १२ मा अध्ययन गर्ने एक विद्यार्थीको परीक्षा होटलमा लिइएको विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानविन थालेको छ।परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले विद्यालयले घट्नाबारे बोर्डलाई जानकारी दिएको र छानविनको काम चलिरहेको बताए।

">