काठमाडौं। देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।
काठमाडौं, झापा, सिरहा, कपिलवस्तु, नवलपरासी(पश्चिम) र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ मा प्र.३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको बिहीबार मृत्यु भएको छ। मृत्यु हुनेमा तार्केश्वर नगरपालिका–३ बस्ने १२ वर्षीय अमृत देवकोटा रहेका छन्।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको ओम समाज हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालक सहित २ जनाको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित सडकमा मे.१ ज २०९३ नम्बरको सुमो र मे.७ प ९४६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किFदा बिहीबार दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–४ बस्ने २१ वर्षीय कमल चौधरी र मोटरसाइकलमा सवार १८ वर्षीया हेमा महत रहेका छन्। दुर्घटनाको बीएण्डसी हस्पिटल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिरहाको धनगढिमाई नगरपालिका–११ सगरमाथा पेट्रोल पम्पनजिक स.४ प २६६६ नम्बरको मोटरसाइकल र स.१ त ४९६५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक लहान नगरपालिका–२० मोतिपुर बस्ने ५५ वर्षीय साजन साह रहेका छन्। दुर्घटनामा घाइते भएका उनको श्रमजीवि अस्पताल हुँदै थप उपचारको लागि सप्तऋषि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ चयनपुरमा ना.५ ख ५०७५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको बिहीबार बेलुका मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५० वर्षीय हाउ थारु रहेका छन्। उनको घट्नास्थलमै मृत्यु भएको थियो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१० मन्झरिया चोकमा रोकी राखेको लु.२ ख २८९६ नम्बरको ईन्धन बोक्ने ट्याङकरमा लु.४८ प ६७६३ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो ठक्किदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सरावल गाउँपालिका–५ बडसारे बस्ने २५ वर्षीय रमेश केवट रहेका छन्। दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै भैरहवा मेडिकल कलेज रुपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो। ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित सडकमा से.६ प ३१६७ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१–००८ प ७१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बिहीबार दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा से.६ प ३१६७ नम्बरको मोटरसाइकल चालक कैलाली धनगढी उपमहानगरपालिका–१३ गोदावरी बस्ने २५ वर्षीय आसिश जोशी र सु.प.प्र.०१–००८ प ७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर–२ बाणी बस्ने ४० वर्षीय जनक बोहरा रहेका छन्।
दुर्घटनामा घाइते भएका उनीहरको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।