रुपन्देहीमा पाँच वर्षीय बालिका बलात्कृत
<p>रुपन्देही। पाँच वर्षीया बालिकालाई बलात्कार गरी कुटपिट समेत गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका-१३ बभनी बस्ने बाणगंगा नगरपालिका-१२ पटना घर भएका २८ वर्षीय होमबहादुर विक रहेका छन्। उनलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो। </p>
<p>ती बालिकालाई बलात्कारपछि कुटपिट गरेर घाइते बनाई छाडेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले होमबहादुरलाई पक्राउ गरेको हो। </p>
<p>बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारको लागि वीर अस्पताल काठमाडौं पठाइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
