काठमाडौं।कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन्। उनीहरुको साथबाट प्रहरीले करिब ६ ग्राम ६ सय ६६ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरेको छ।
उक्त जङ्गलमा लागूऔषध ओसारपसार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले खैरो हेरोइनसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
यस्तै, सप्तरीको राजबिराज नगरपालिका–१ चनौरापुलबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तिरुहुत गाउँपालिका–४ धपाटोल बस्ने २८ वर्षीय पृथ्वीराज यादव छन्।
प्रहरीले उनको साथबाट २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा, नियन्त्रित लागूऔषध ९४ पीस स्पामोपरिभ क्याप्सुल, १५ पिस नाइट्रोभेट र १ बोतल डाइलेक्स डिसी बरामद गरेको छ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थाई प्रहरी पोष्ट राजदेवीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो।