सवारी चालक तालिम समापन
काठमाडौ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रहरी प्रधान कार्यालयमा सञ्चालन गरेको सवारी चालक तालिम शुक्रबार सम्पन्न भएको छ।

तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले सवारी साधनमा आएका समस्यालाई समाधान गर्न  तालिममा सिकेका ज्ञान, सीपलाई ब्यवहारमा लागु गर्न प्रशिक्षार्थीलाई निर्देशन दिएका थिए।

मंसिर २३ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६, प्रहरी हवल्दार ९ र प्रहरी जवान १२ गरी कुल २७ जना प्रशिक्षार्थीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्