महेन्द्रनगर। गएराति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत यहाँको कृष्णपुर नगरपालिका-५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दुर्घटनामा परी से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिलनजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका-२ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। सोही मोटरसाइकल दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ। रासस
" /> महेन्द्रनगर। गएराति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ।पूर्व-पश्चिम राजमार्गअन्तर्गत यहाँको कृष्णपुर नगरपालिका-५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

">