काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’को विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका–८ घर भएका २३ वर्षीय शिव खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
फेसबुकमा ‘जब भ्याकेन्सी’ नामको पेज बनाई बेरोजगार युवाहरूलाई आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरूमा १५ सयदेखि ३५ सय रूपैयाँसम्म इ–सेवामार्फत् डिपोजिट गर्नुपर्छ भनेर ४३ जना युवाहरूबाट रकम ठगी गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
खड्कालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ।
" /> काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’को विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका–८ घर भएका २३ वर्षीय शिव खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ।फेसबुकमा ‘जब भ्याकेन्सी’ नामको पेज बनाई बेरोजगार युवाहरूलाई आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरूमा १५ सयदेखि ३५ सय रूपैयाँसम्म इ–सेवामार्फत् डिपोजिट गर्नुपर्छ भनेर ४३ जना युवाहरूबाट रकम ठगी गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
खड्कालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ।
">