काठमाडौं। नवलपरासी (पश्चिम), सुनसरी, बारा, सिरहा, सप्तरी र कैलालीका छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१० मन्झरियामा लु ९ प २०८ नम्बर र लु ३१ प ६५१५ नम्बरका २ मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा लु ९ प २०८ नम्बरको मोटरसाइकलमा सवार ४० बर्षीय बीरेन्द्र चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको रामधुनी नगरपालिका–१ शिव चोकमा ना ५ ख ५२३६ नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी महिलाको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ शिव पार्वती टोलमा ना ६ त २७५६ नम्बरको ट्याक्टरबाट लडेर चालक सोही उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय जयरुप मण्डलको बुधबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। लडेर गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरा हुँदै थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।
सिराहाको नरहा गाउँपालिका–३ खोरियामा स १ त ५८१९ नम्बरको ट्याक्टरमा स १० प ७७७० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक सिराहा नगरपालिका–१५ बस्ने २४ वर्षीय बिश्वनाथ यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरीको राजगढ गाउँपालिका–४ शम्भुनाथ–बनैनिया सडकमा स ९ प ४५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक १७ वर्षीय कृष्ण यादवको मृत्यु भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा हुलाकी सडकमा बा ६९ प ५१८२ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक कैलाली गौरीगंगा नगरपालिका–१० बस्ने २७ वर्षीय जिवन चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
" /> काठमाडौं। नवलपरासी (पश्चिम), सुनसरी, बारा, सिरहा, सप्तरी र कैलालीका छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१० मन्झरियामा लु ९ प २०८ नम्बर र लु ३१ प ६५१५ नम्बरका २ मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा लु ९ प २०८ नम्बरको मोटरसाइकलमा सवार ४० बर्षीय बीरेन्द्र चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

">