सेपत-भर्स्याङ-देउराली-पञ्चासे सडक निर्माण सुरु

काठमाडौं। स्याङ्जाको आँधीखोला गाउँपालिका-४ मा सेपत- भर्स्याङ-देउराली-पञ्चासे सडक निर्माण कार्य सुरु भएको छ।

गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले उक्त सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्यको शिलान्यास गरे।

दुई वर्षभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ। पाँच किलोमिटर दुरीको उक्त सडक निर्माणपछि सेपत-लप्सीबोट-भर्स्याङ-पातालखर्च-देउराली-रिमालस्वाँरा हुँदै श्रवणकुमार पञ्चासे जाने सर्वसाधरणलाई सहज हुने गाउँपालिका अध्यक्ष पौडेलले बताए।

“सडकको स्तरोन्नती भएपछि स्थानीय स्तरमा उत्पादन हुने तरकारी, फलफुल लगायतका कृषि उत्पादनहरुले सजिलै बजार पाउने छन्। त्यसले यहाँको सामाजिक तथा आर्थिक प्रगतिमा टेवा पु¥याउने छ,” गाउँपालिका अध्यक्ष पौडेलले देखापढीसँग भने।

सडक निर्माणको लागि ठेकदार कम्पनीसँग गत पुस ५ गते सम्झौता गरिएको थियो। गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलका अनुसार सम्झौतामा २०७९ पुस ५ गते काम सम्पन्न गरिसक्नु पर्ने उल्लेख छ।

शिलान्यास कार्यक्रम आँधीखोला गाउँपालिका-४ का वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्