काठमाडाैं। यसपालि सरकारले केन्द्रीयस्तरको भूकम्प सुरक्षा दिवस भक्तपुरको थिमिमा मनाउने भएको छ। गृहमन्त्री रामबहादुर थापा अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको निर्णयअनुसार माघ २ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दिवस मनाउन लागिएको हो।
उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन्। यस वर्ष दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ तय गरिएको छ। भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ को व्यवस्थाबमोजिम उक्त नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
तेइसौँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले देशव्यापीरुपमा स्कूलस्कूलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत अनुरोध गरेको छ। यस्तै प्रदेशस्तरमा दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पालिकास्तरमा दिवस मनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अनुरोध गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए। जिल्लामा भूकम्प सुरक्षा दिवस मनाउन प्राधिकरणमार्फत परिपत्र गरिसकिएको उनले जानकारी दिए।
उक्त कार्यक्रमका लागि केन्द्रीय विपद् व्यवस्थापन कोषबाट १५ हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भइरहेको छ। दिवसमा केन्द्रीयस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्न उक्त कोषबाट चार लाख रुपैयाँ भूकम्प प्रविधि राष्ट्रिय समाजलाई उपलब्ध गराउने निर्णय पनि समितिले गरेको छ।
उक्त दिवसका अवसरमा नमूना अभ्यास, तालिम, उद्धार सामग्री वितरण, रक्तदान, सन्देशमूलक सामग्री प्रसारण, चेतनामूलक प्रहसन, नाटकजस्ता विषय छनोट गर्न सम्बन्धित प्रशासन कार्यालयलाई भनिएको छ। समितिले दिवस सफल बनाउन नगरिक समाज, संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र सामुदायिक संस्थालाई आह्वान गरेको छ। भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले दिवसमा सक्रिय सहभागिताका लागि साझेदार संस्थालाई अनुरोध गरेको छ। रासस
" /> काठमाडाैं। यसपालि सरकारले केन्द्रीयस्तरको भूकम्प सुरक्षा दिवस भक्तपुरको थिमिमा मनाउने भएको छ। गृहमन्त्री रामबहादुर थापा अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको निर्णयअनुसार माघ २ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दिवस मनाउन लागिएको हो।उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन्। यस वर्ष दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ तय गरिएको छ। भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ को व्यवस्थाबमोजिम उक्त नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

">